नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
अर्घाखाँची जिल्ला शीतगंगा–८ सितापुर निवासी हाल भारतको हरियाणा रोहतकमा श्रम तथा व्यवसाय गर्दै आउनु भएका का. विक्की परियार (का. लुम्बिनी) २०८२ पौष ०३ तदानुसार डिसेम्बर १८, २०२५ का दिन मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड विक्की हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ भारतस्थित नेपालीहरुको सर्वप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ पौष ०४ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)