Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८२ पौष १६ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वार्ड नं. ३ गुम्बा निवासी हाल भारतको हिमाचल राज्यको मनालीमा श्रमरत का. साइँला लामा (का. जुकुले हिमाल)को २०८२ पौष ०८ गते तदानुसार डिसेम्बर २३, २०२५का दिन मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड साइँला लामा हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ भारतस्थित नेपालीहरूको सर्वप्रिय सङ्गठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिबद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ पौष १६ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top