नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्युठान जिल्ला माण्डवी–३ निवासी हाल भारतको दक्षिण भारत जिल्ला नेल्लोरमा श्रमरत कामरेड ठाकुरप्रसाद के.सी. (का. हिमाल)को २०८२ पौष २१ गते तदानुसार जनवरी ५, डिसेम्बर २३, २०२६का दिन मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड ठाकुरप्रसाद के.सी. हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ भारतस्थित नेपालीहरूको सर्वप्रिय सङ्गठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीको अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिबद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ पौष २२ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)