Nepal communist party

प्रेस वक्तव्य (२०८१ फागुन १ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

प्युठान जिल्ला झिम्रुक गाउँपालिका–७ निवासी कामरेड नारायण जिसी (का. झिमरुक)को २०८२ फागुन ०१ गते काठमाडौं ललितपुर स्थित हस्पिक केयर सेन्टरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँकी जीवनसाथी अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तारा जिसीसहित सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

कामरेड नारायण जिसीले भारतस्थित नेपालीहरूको लोकप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) को इमानदार, कर्तव्यनिष्ठ, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँले रुपन्देही जिल्लामा हाम्रो पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुनका साथै नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्लाको सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलन तथा प्युठान जिल्लाको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ ।

अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

२०८१ फागुन १ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

 

पार्टी गतिविधि

Translate »
Scroll to Top