नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
इरानका सर्वोच्च नेता खुमेनीको मृत्युमा ने.क.पा. (मसाल) गम्भीर दुःख प्रकट गर्दछ र त्यो अपूरणीय राष्ट्रिय शोकको अवस्थामा महान् इरानी जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
यो अवश्य पनि सत्य हो कि इरानी जनताका लागि त्यो अत्यन्त ठुलो राष्ट्रिय क्षति हो । त्यो क्षतिबाट खाली इरानका जनता मात्र होइन, संसारभरका साम्राज्यवादविरोधी तथा स्वतन्त्रता र शान्तिप्रिय जनता समेत स्तब्ध भएका छन् । त्यसरी खुमेनीको मृत्यु खाली इरानी जनताका लागि मात्र होइन, विश्वभरका लागि नै ठुलो क्षति हो ।
इरानका सर्वोच्च नेता खुमेनीको मृत्युबाट इरानलाई अवश्य पनि ठुलो क्षति पुगेको छ । तर हामीलाई के विश्वास छ भने त्यस प्रकारको क्षतिले इरान कमजोर हुने छैन र अमेरिकी साम्राज्यवाद विरुद्धको उनीहरूको सङ्घर्षले अरू उच्च तहमा विकास गर्नेछ र अन्त्यमा साम्राज्यवादमाथि इरानका जनताको विजय हुनेछ । उनीहरूको त्यो विजय संसारभरका उत्पीडित राष्ट्र र जनताको विजय हुनेछ । इरानका सर्वोच्च नेता खुमेनीको हत्याका लागि हामीले अमेरिकी साम्राज्यवाद र फासिस्ट इजरायल सरकारको कडा शब्दमा भत्र्सना गर्दछौँ । अहिले अमेरिकाले इरानमाथि जुन हमला गरेको छ, त्यो अमेरिकाको साम्राज्यवादी आतङ्कवादको ना∙ो नमुना हो । अमेरिकाले खाली इरानमाथि मात्र हमला गरेको छैन, त्यसले ग्रीनल्याण्डमाथि पनि कब्जा गर्न खोजेको छ । क्यानाडालाई अमेरिकाको ५१ औँ राज्य बनाउन खोजेको छ । पनामा नहरमाथि कब्जा गर्न खोजेको छ । भेनेजुएलाका राष्ट्रपति मदुरोलाई अपहरण गरेको छ । त्यसरी ट्रम्पको नेतृत्वमा अमेरिकी साम्राज्यवादले जङ्गली राजको रूपमा विकास गरेको छ । इरानमाथि त्यसको आक्रमणको उद्देश्य पनि त्यहाँको तेल भण्डारमाथि कब्जा जमाउनु नै हो । त्यसरी स्पष्ट छ, अमेरिकी साम्राज्यवादले हिटलरको फासिस्ट नीतिको अनुसरण गर्दै संसारभरमा कब्जा जमाउन खोजेको छ ।
इजरायलको प्रधानमन्त्री नेतान्याहुले अमेरिकाको आडमा प्यालिस्टाइनी जनतामाथि फासिस्ट र बर्बर नरसंहार गर्दै आइरहेको छ । उनीहरूको त्यस प्रकारको फासिस्ट र बर्बर नीति अहिले इरानमा पनि देखा परेको छ । तर त्यसले गर्दा विश्वव्यापी रूपमा नै उनीहरूका विरुद्ध आक्रोश बढ्दै गइरहेको छ । स्वयम् अमेरिकी जनतामा पनि ट्रम्पको फासिस्ट नीतिका विरुद्ध व्यापक जनमत देखा पर्दै गइरहेको छ । अमेरिकाले अहिले विश्वव्यापी रूपमा नै आÇनो शक्तिको प्रदर्शन गरिरहेको छ र त्यो शक्तिको बलमा “अमेरिका प्रथम”को नीतिलाई सफल पार्ने कोसिस गरिरहेको छ । यो कुरा प्रस्ट छ कि त्यस प्रकारको ना∙ो प्रकारको शक्तिको प्रदर्शनका कारणले विश्वव्यापी रूपमा वा स्वयम् अमेरिकामा पनि त्यसका विरुद्ध व्यापक जनमत तयार हुँदै गइरहेको छ र त्यही कारणले त्यसको विनाश पनि हुने कुरा निश्चित छ ।
इरानी जनताले अमेरिकी साम्राज्यवाद विरुद्धको त्यो सङ्घर्षलाई उच्चतहमा अगाडि बढाइरहेका छन् र उनीहरूका सर्वोच्च नेता खुमेनीको हत्याका कारणले उनीहरूको साम्राज्यवादका विरुद्धको त्यो संघर्ष कमजोर हुने छैन, तर त्यसले साम्राज्यवादका विरुद्ध निर्णयात्मक विजयप्राप्त गर्नेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।
अन्त्यमा हाम्रो पार्टीले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खुमेनीप्रति उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दछ ।
२०८२ फागुन १७ गते
मोहनविक्रम सिंह
(महामन्त्री)