Nepal communist party

प्रेस वक्तव्य (२०८२ चैत्र १४ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

हिजो मात्र गठन भएको सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गिरÇतार गरेको कार्यप्रति ने.क.पा.(मसाल) को दृष्टिकोण स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।
१. सर्वप्रथमतः हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि भाद्र २३ गतेको हत्याकाण्डका लागि ओली सरकार जिम्मेवार थियो र त्यसकारण त्यो हत्याकाण्डका दोषी व्यक्तिहरूमाथि कारबाही आवश्यक थियो र हामीले पहिले पनि त्यो मतलाई सार्वजनिक गर्दै आएका छौँ । त्यो दिन साना कलिला विद्यार्थीहरूमाथि छाती र टाउकासम्ममा गोली हानेर हत्या गर्ने जुन कार्य गरियो, त्यो अमानवीय, क्रुर र वर्वर कारवाही तथा जघन्य अपराध पनि थियो । त्यस प्रकारका कारबाही कुनै पनि अवस्थामा क्षम्य हुन सक्दैनन् । त्यस प्रकारका कारबाहीहरूका लागि जिम्मेवार व्यक्तिहरूमाथि कारबाही सही र आवश्यक दुबै हुन्छ । त्यस प्रकारका कार्यहरूमाथि ढाकछोप गर्ने ओली वा एमालेको प्रयत्नलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न ।
२. त्यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि कसैमाथिको कुनै पनि कारबाही कानुनको प्रक्रिया पूरा गरेर निष्पक्ष र न्यायोचित प्रकारले नै हुनुपर्दछ । तर अहिले ओली समेतलाई गरेको गिरÇतारी कानुनको प्रक्रिया पूरा गरेर निष्पक्ष र न्यायोचित प्रकारले गरिएको देखिँदैन । कसैलाई त्यसरी स्वेच्छाचारी प्रकारले गिरÇतार गर्न थालियो भने देश फासिवादतिर जाने सम्भावना रहनेछ । त्यसैले ओली समेतको गिरÇतारप्रति अपनाइएको त्यस प्रकारको स्वेच्छाचारी अधिनायकवादी तरिकाको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।
३. जहाँसम्म पहिले बनेको कार्की आयोगको प्रश्न छ, त्यसको गठन नै पूर्वाग्रहयुक्त प्रकारले भएको थियो भन्ने हाम्रो पार्टीको स्पष्ट मत रहेको थियो । त्यो आयोगका अध्यक्षले पहिले नै विभिन्न पार्टीका नेताहरूलाई पक्राउ गर्नुपर्छ भन्ने मत राख्दै आएका थिए । त्यस प्रकारको व्यक्तिको नेतृत्वमा बनेको छानविन निष्पक्ष र न्यायोचित हुन सक्दैनथ्यो । सर्वाेच्च अदालतले समेत आÇनो फैसलामा त्यस प्रकारको आशय प्रकट गरेको थियो । तर त्यो आयोगको गठन निष्पक्ष नभएपनि त्यसले आÇनो प्रतिवेदनमा दिएका सुझावहरूलाई हामीले त्यो आयोगले कुन प्रकारले छानविन गरेको छ वा सुझाव दिएको छ भन्ने आधारमा होइन, वस्तुगत तथ्यका आधारमा नै आÇना विचारहरू प्रकट गर्नुपर्दछ र हामीले त्यही पद्धतिलाई अपनाएका छौँ । त्यस अनुसार त्यो आयोगले कतिपय विषयहरूमा प्रकट गरेको विचारलाई वस्तुगत र तथ्यको आधारमा सही रहेको छ भन्ने पनि हाम्रो मत रहेको छ । यो कुरा निश्चित रूपले भन्न सकिन्छ कि भाद्र २३ गते तीन–चार घण्टासम्म त्यस प्रकारको नरसंहार हुँदा देशको प्रधानमन्त्रीले त्यसलाई रोक्न कदम नचाल्नु सामान्य लापरबाही मात्र होइन, गम्भीर प्रकारको अपराधजन्य कार्य हो । त्यसका लागि ओली सरकार जिम्मेवार भएको कुरा दिनको उज्यालो झै छर्लंङ्ग छ र त्यसमाथि ढाकछोप गर्ने ओलीको प्रयत्नलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न ।
४. २३ गतेको जेनजीको आन्दोलनको सन्दर्भमा अगाडि आएको यो तथ्यप्रति पनि हाम्रो ध्यान गएको छ कि स्वयम् जेनजीहरूले उनीहरूको आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि सबैलाई फर्केर जान भनिसकेपछि पनि त्यसलाई कसले हिंसात्मक रूप दिन उक्सायो ? त्यो गम्भीर प्रश्न हो । तर त्यसबारे आयोगले कुनै छानविन नै गरेको छैन । त्यो दिनको शान्तिपूर्ण आन्दोलनलाई उक्साउन दलाइ लामासित सम्बन्धित ‘टिओवी’ ग्रुपले प्रत्यक्ष रूपमा नै प्रयत्न गरेको कुराको आयोगले उल्लेख गरेको छ र उनीहरूका विरूद्ध पनि कारबाहीको सिफारिस गरेको छ । त्यसलाई हामीले सही मान्दछौँ । तर त्यो आन्दोलनलाई हिंसात्मक रूप दिन काठमाण्डौँका तात्कालिक मेयर, स्वतन्त्र तिब्बत आन्दोलनसित घोषित रूपले नै संलग्न ‘हामी नेपाल’का प्रमुख र ‘स्वतन्त्र पार्टी’ का नेताहरूको भूमिका पनि व्यापक चर्चा र शङ्काको घेरामा आएको छ । त्यसबारे कुनै प्रकारको छानविन नगरेको आयोगको कार्य पनि निश्चित रूपले पक्षपातपूर्ण रहेको छ ।
५. आयोगको प्रत्यक्ष रूपले नै देखिएको अर्काे गम्भीर र पूर्वाग्रहयुक्त कार्य यो हो कि २४ गते देशव्यापी रूपमा भएका सबै तोडफोड, आगलागी वा ध्वंसात्मक कार्यहरूको छानवीन गर्ने कार्यबाट त्यो पूरै नै पछाडि हटेको छ । स्पष्ट छ कि तात्कालिक अन्तरिम सरकारद्वारा सच्चा जेनजीहरूको होइन, जेनजीहरूको आन्दोलनलाई ‘हाईज्याक’ गरेर अमेरिकी साम्राज्यवादको रणनीतिको सेवा गर्न अगाडि आएका कथित जेनजीहरूलाई एकपक्षीय रूपले मदत गर्न नै त्यो आयोगको गठन गरिएको थियो । २४ गतेका ध्वंसात्मक कार्यहरूको छानविन गर्दा ती सबै कथित जेनजीहरू मुछिन्थे र उनीहरूका विरूद्ध पनि कारबाहीको सिफारिस गर्नुपर्ने आवश्यकता हुन्थ्यो । त्यही प्रकारले त्यो दिनको घटनाक्रमको निष्पक्ष छानविन गर्दा सिआईए र रअ समेतको जुन भूमिका रहेको थियो, त्यो पनि प्रकाशमा आउँदथ्यो । त्यसैले आयोगले २४ गतेका घटनाहरूको छानविनको क्षेत्रमा नै प्रवेश गरेन ।
६. हाम्रो पार्टीले यो कुरालाई पनि गम्भीर रूपमा लिएको छ कि ‘स्वतन्त्र तिब्बत’को आन्दोलनसित घोषित रूपले नै संलग्न रहेको व्यक्तिलाई खाली मन्त्रीमण्डलमा सामेल मात्र गरिएको छैन, त्यस्तो व्यक्तिलाई गृहमन्त्रालय जस्तो सम्वेदनशील र राष्ट्रिय सुरक्षासित सम्बन्धित मन्त्रालयको जिम्मा दिएको छ । त्यसबाट देशको आन्तरिक सुरक्षा र परराष्ट्र सम्बन्धमा समेत गम्भीर प्रकारको आँच पुग्ने कुरा निश्चित छ । त्यस प्रकारको विवादग्रस्त व्यक्तिलाई सरकारमा सामेल गरेर वा गृहमन्त्रालय जस्तो सम्वेदनशील मन्त्रालयको जिम्मा दिएर वर्तमान सरकार वास्तवमा अमेरिकाको नै कठपुतली सरकार भएको परिचय सुरूमा नै दिएको छ ।
७. हाम्रो अहिले पनि यो स्पष्ट र दृढ मत छ कि भाद्र २३ गतेको गोलीकाण्डको अझै पनि उच्च स्तरमा छानविन भएर दोषीहरूमाथि न्यायोचित कारबाही गरिनुका साथै २३ गते जेनजीहरूको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक रूप दिन उक्साउने अवाञ्छित तŒवहरू र २४ गतेका तोडफोड, आगलागी र ध्वंसात्मक कार्यहरू समेतका घटनाहरू समेतमाथि उच्चस्तरीय र निष्पक्ष छानविन गरिनुपर्दछ । त्यस सन्दर्भमा एमालेले सर्वाेच्च अदालतका बहालवाला न्यायाधिशको नेतृत्वमा नै आयोग गठन गरेर छानविन गर्नुपर्दछ भन्ने जुन सुझाव दिएको छ, सायद त्यो नै अहिलेका लागि उपयुक्त विधि हुनेछ भन्ने हामीले पनि मत प्रकट गर्दछौँ ।
२०८२ चैत्र १४ गते

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top