Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८२ चैत्र ३० गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

विराटनगर महानगरपालिका–१५ निवासी, हाम्रो पार्टीको क्षेत्रीय व्यूरोे सदस्य तथा राष्ट्रिय जनमोर्चाका वैकल्पिक केन्द्रीय सदस्य कामरेड टंक गौतम (का. सूर्य) को २०८२ चैत्र २९ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गदै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड गौतम हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ निरन्तर पार्टीमा प्रतिवद्ध रहँदै निष्ठापूर्वक जिम्मेवारी पूरा गर्नुभएको आदर्श, अनुशासित, जुझारु र लगनशील सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र पार्टीका विभिन्न जनवर्गीय मोर्चामा रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ पछिल्लो समयमा हाम्रो पार्टीको क्षेत्रीय व्यूरो सदस्य र राष्ट्रिय जनमोर्चाको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा, हामीले उहाँप्रति हार्दिक सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८२ चैत्र ३० गते

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top