काठमाडौँ । नेकपा (मसाल) केन्द्रीय कार्यालयद्वारा २०८३ वैशाख ९ गते तदनुसार अप्रिल २२, २०२६ का दिन आयोजित नेकपाको अठहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय सन्ताउन्नौँ जन्मजयन्ती समारोह मनाइएकाे छ ।
कार्यक्रमको प्रारम्भमा महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी गरिएको प्रेसवक्तव्य वाचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज मट्ट हुनुहुन्थ्यो । मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष केबी घले र अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।
मसालकै ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालन रहेको सो कार्यक्रमको सञ्चालन काठमाडौँ प्रवक्ता जगतप्रसाद रेग्मीले गर्नुभएको थियो ।
