Nepal communist party

१३७औँ मजदुर दिवस सम्पन्न

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन (अन्टुक) केन्द्रीय समितिको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ ।
नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अतिथिहरू राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, अखिल नेपाल किसान महासंघका (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका सल्लाहकार आनन्दराज शर्मा, राजमो केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा मगर, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल नेपाल बुद्धिजिवी संघका महासचिव समिर सिंह, प्रगतिशिल पत्रकार संघका महासचिव प्रकाश थापामगर, राजमो केन्द्रीय सदस्य लाल बहादुर थापा, सुधा शर्मा, लक्ष्मी केसी, अखिल नेपाल किसान महासंघका (अप्फा) का कोषाध्यक्ष केवी घले, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सगर सुवेदीले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष लोकराज भुसालले र सञ्चालन धनपती सापकोटाको गर्नुभएको थियो । ‘उठउठ भोकाबन्दी’ बोलको अन्तर्राष्ट्रिय गीतबाट शुरुभएको सो कार्यक्रमलाई महिला संघकी महासचिव सकुन्तला रानाले सम्बोधन गर्नुभएको थियो ।

पार्टी गतिविधि

Translate »
Scroll to Top