Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ जेष्ठ २४ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार कामरेड आनन्द शर्माकी ममतामयी आमा तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कामरेड सुधा शर्माकी सासुआमा कौशिला पाध्याको २०८३ जेष्ठ २३ गते भएको निधनप्रति हामीले गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
दिवंगत कौशिलाले आÇना सन्ततिहरूलाई निःस्वार्थ र निष्कलङ्कपूर्वक हाम्रो पार्टीको आन्दोलनको यात्रामा अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्नुभएको थियो । त्यसबाट हाम्रो पार्टीको आन्दोलनलाई धेरै नै मदत पुग्न गयो । त्यसरी अहिले उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८३ जेष्ठ २४ गते ।

रामप्रकाश पुरी
प्रवक्ता

 

पार्टी गतिविधि

Translate »
Scroll to Top