नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका उपप्रमुख कामरेड मिनराज राना (का. अनन्त) को शनिबार दिउँसो स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गरेको सरकारी गाडी भीरबाट खसेर दुर्घटनाग्रस्त हुँदा उक्त दुर्घटनामा परी मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त समस्त परिवारजन सहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्लाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।
कामरेड मिनराज राना हाम्रो पार्टीको होनाहार, जुझारु, इमान्दार, अनुशासित, प्रतिवद्ध र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय संगठनमा रहेर जिम्मेवारी पूरा गर्नु भएको थियो । पछिल्लो समयमा उहाँ राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्ला समितिको सचिवालय सदस्य हुनुहुन्थ्यो । हाम्रो पार्टीको आन्दोलनमा उहाँको धेरै महŒवपूर्ण भूमिका रहेको थियो । उहाँ सामाजिक जीवनमा सहज भिजेको स्वर्गद्वारी नगरपालिकाका जनताको प्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो । यसरी उहाँको मृत्युले प्यूठानको कम्युनिस्ट आन्दोलनका साथै हाम्रो पार्टीको आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ ।
अन्तमा हामीले कामरेड मिनराज रानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
२०८३ असार १३ गते
मोहनविक्रम सिंह
(महामन्त्री)