नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ निवासी कामरेड इन्दलप्रसाद केवट (का. कैलास)को ७३ वर्षको उमेरमा २०८३ असार १३ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजन तथा रुपन्देही जिल्लाका सम्पूर्ण पार्टी सदस्यहरूप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछौँ ।
कामरेड इन्दलप्रसाद केवट हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ट, अनुशासित र अत्यन्त स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । तराई–मधेशका जनसमुदायमा उहाँ आदरणीय व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको रुपेन्देही जिल्लाको सल्लाहकार हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय मोर्चाका विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो । त्यस क्रममा उहाँले तराई–मधेश जनवादी मोर्चाको केन्द्रीय उपाध्यक्षको भूमिकामा रहेर सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ उक्त मोर्चाको रुपन्देही जिल्लाको अध्यक्षमा कार्यरत हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै रुपन्देही जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ ।
अन्तमा हामीले कामरेड इन्दलप्रसाद केवटप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ असार १४ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)