नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
बागलुङ जिल्ला जैमिनी नगरपालिका–१० निवासी कामरेड धर्मराज शर्मा (का. कपिल)को २०८३ असार २६ तदानुसार जुलाई १०, २०२६ गते भारतको चेन्नइमा ह्रदयघातका कारण ६५ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड धर्मराज शर्मा रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहँदै आउनुभएको थियो । उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले पार्टी र मूलप्रवाहका विभिन्न तहमा रहेर राजनीतिक तथा सामाजिक भूमिका निर्वाह गर्दै आउनुभएको थियो । पछिल्लो समयमा उहाँ हाम्रो पार्टीको नगरसमिति सदस्यमा रहेर जिम्मेवारी निर्वाह गरिरहनुभएको थियो । उहाँ हाम्रो पार्टीको इमानदार, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ असार २७ गते
मोहनविक्रम सिंह
(महामन्त्री)