Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ श्रावण १६ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

रूपन्देही जिल्ला कञ्चन नगरपालिका–२ निवासी कामरेड उमानन्द चालिसे (का. उमेश)को २०८३ श्रावण १२ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हादिङ्क समवेदना प्रकट गर्दछौँ ।
कामरेड उमानन्द हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ विगत ३५ वर्षदेखि हाम्रो पार्टीको सदस्य भएर आफ्नो जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँले लामो समयसम्म भारतस्थित नेपालीहरूको लोकप्रिय सङ्गठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएर प्रवासी नेपालीहरूको हक हितका लागि सङ्घर्ष गर्दै आउनुभएको थियो । जिल्ला कमिटी तहमा रहेर उहाँले हाम्रो पार्टीको आन्दोलनलाई अगाडि बढाउन गहन जिम्मेवारी बहन गर्नुभएको थियो । गत साल मात्र उहाँ सरुवा भएर स्वदेश फर्कनुभएको थियो । उहाँ हाम्रो पार्टीको अनुशासित, प्रतिबद्ध, जुझारु र लगनशील सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ श्रावण १६ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

 

पार्टी गतिविधि

Translate »
Scroll to Top