Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ श्रावण २९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

गुल्मी जिल्ला, सत्यवती गाउँपालिका–३ निवासी कामरेड हीरा तरामु (का. हिक्मत)को २०८३ श्रावण २६ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कामरेड हीरा तरामु हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय मोर्चामा रहेर राजनीतिक जिम्मेवारी पूरा गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ हाम्रो पार्टीको सत्यवती गाउँपालिका सेक्रेटरी हुनुहुन्थ्यो । उहाँ अनुशासित, जुझारु, प्रतिबद्ध र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८३ श्रावण २९ गते

मोहनविक्रम सिंह
(महामन्त्री)

 

पार्टी गतिविधि

Translate »
Scroll to Top