Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ श्रावण २९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

अर्घाखाँची जिल्ला, भूमिकास्थान–५ असुरकोट निवासी कामरेड सकुन्तला रानाको २०८३ साउन २९ गते अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचाररत रहेको अवस्थामा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कामरेड सकुन्तला हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ अखिल नेपाल महिला सङ्घको केन्द्रीय महासचिव हुनुहुन्थ्यो । हाम्रो पार्टीको अर्घाखाँची जिल्लाको सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँले अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको आन्दोलनमा धेरै नै महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ अर्घाखाँची जिल्लाको सादगी, इमानदार, जुझारु र कर्तव्यनिष्ठ कम्युनिस्ट नेतृ हुनुहुन्थ्यो । उहाँको सामान्य जीवनशैलीमा सामाजिक परिवर्तनको असाधारण दृढ इच्छाशक्ति थियो । त्यसले गर्दा उहाँ जस्तोसुकै परिस्थितिमा पनि कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहमा सतिसाल झै प्रतिबद्ध रहँदै अगाडि बढ्नु भयो । उहाँको मृत्युबाट अर्घाखाँचीको समग्र कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८३ श्रावण २९ गते

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top