Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ भाद्र १८ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी कामरेड तेजबहादुर खत्री (का. रमेश) को २०८३ भाद्र ०४ गते ६९ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछौँ ।
कामरेड तेजबहादुर खत्री हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ट, अनुशासित र स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध भएर आफ्नो राजनीतिक तथा सामाजिक जीवनको सुरुवात गर्नुभएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय संगठन र पार्टीका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले कामरेड तेजबहादुर खत्रीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०८३ भाद्र १८ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top