नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
पाल्पा जिल्ला रैनादेवीछहरा–३ भुवनपोखरी तालपोखरा निवासी कामरेड फर्सबहादुर सुनार (का. राम)को २०८३ भाद्र २३ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा सहानुभूति प्रकट गर्दछौँ ।
कामरेड फर्सबहादुर सुनार हाम्रो पार्टीको इमान्दार, कर्तव्यनिष्ट, अनुशासित र स्वच्छ छवि भएको सदस्य हुनुहुन्थ्यो । उहाँले पाल्पा जिल्लामा हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठन र पार्टीका विभिन्न तहमा रहेर राजनीतिक तथा सामाजिक जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।
अन्तमा हामीले कामरेड फर्सबहादुर सुनारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ भाद्र २७ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)