नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
हार्दिक श्रद्धाञ्जली
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१० निवासी कामरेड मधु कुमार क्षेत्री (का. राहुल)को आज २०८३ असोज १४ गते मृत्यु भएको छ । कामरेड मधु कुमार क्षेत्री गत केही वर्ष अगाडिबाट ब्लड क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको उपचारको लागि पार्टी र परिवारकोतर्फबाट धेरै प्रयास गरिएका थिए । ती सबै प्रयासहरूका बाबजुद पनि उहाँको जीवनलाई बचाउन हामीलाई सफलता प्राप्त भएन । अन्तमा हामीले उहाँलाई गुमाउनु परेको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजन र समस्त पार्टी सदस्यहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
का. मधु कुमार क्षेत्री अहिले हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँ ४५ वर्ष अगाडिबाट हाम्रो पार्टीको सदस्य हुनुभएको थियो । उहाँले रक्तिमा सांस्कृतिक अभियान र प्रगतिशील लेखक सङघमा पनि केन्द्रीय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले आफ्नो राजनीतिक जीवनमा प्रवास र स्वदेशमा विभिन्न समयमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कोषाध्यक्ष जस्तो गहन जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । उहाँले इमानदार, कर्मनिष्ठ, प्रतिबद्ध, जुझारु र अनुशासित रूपले पार्टीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले अन्तिम क्षणसम्म पनि आफ्नो सक्रियतालाई कायम राख्नुभएको थियो । उहाँको मृत्युबाट सांस्कृतिक आन्दोलन, अर्घाखाँचीको कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ असोज १३ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)