Nepal communist party

हार्दिक श्रद्धाञ्जली (२०८३ कार्तिक ०७ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

हार्दिक श्रद्धाञ्जली

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–८ निवासी कामरेड देवीराम आचार्य (का. मसिने)को २०८३ कार्तिक ०५ गते मोटरबाइक दुर्घटनामा परी मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
कामरेड देवीराम आचार्य हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँ काठमाडौ महानगरपालिका कमिटीमा कार्यरत हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय मोर्चाहरूमा पनि रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमानदार, कर्तव्यनिष्ठ र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
२०८३ कार्तिक ०७ गते ।

मोहनविक्रम सिंह
(महामन्त्री)

पार्टी गतिविधि

Translate »
Scroll to Top