Nepal communist party

प्रेस वक्तव्य (२०८३ जेठ २९ गते)

नेपाल कम्युनिस्ट पार्टी (मसाल)

Nepal Communist Party (Mashal)

केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com

प्रेस वक्तव्य

केही महिना अगाडि सम्पत्ति र आर्थिक कारोबार समेतका विवादमा मुछिएपछि जनताको कडा विरोधको दबाबका कारण गृहमन्त्रीबाट हटाइएका सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । उनलाई गृहमन्त्रीबाट हटाइसकेपछि पनि उनको समयमा निर्माण गरिएको गृहमन्त्रालयको सचिवालयलाई यथावत कायम राखिनुको साथै उक्त गृहमन्त्रीको पदमा अर्को व्यक्तिलाई नियुक्ति नगरी प्रधानमन्त्री स्वयंले आफूमा निहित गरिनु उक्त पदमा पुनः सुदन गुरुङलाई नियुक्त गर्ने उद्देश्य रहेको स्पष्ट थियो । उनको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि सरकारले आफू अनुकूलकोे छानविन समिति बनाएकोमा हाल उक्त समितिको प्रतिवेदन समेत सार्वजनिक नै नगरिकन उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने सरकारको कार्यलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । यसका साथै सरकारको उक्त कार्यले छानवीन समिति स्वतन्त्र र निष्पक्ष नभएको कुरालाई पनि स्पष्ट गरेको छ । मानवधिकार आयोगको छानवीन प्रतिवेदनले फ्रि तिब्बतको पक्षमा नेपालमा टीओबी समूहमा गुरुङको संलग्नता रहेको सार्वजनिक गरेको परिप्रेक्ष्यमा उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सरकारको कदमलाई समेत हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

२०८३ जेठ २९ गते ।

का. शशि
कार्यबाहक महामन्त्री

 

पार्टी गतिविधि

Translate »
Scroll to Top