नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
अर्थमन्त्री स्वर्णीम वाग्लेले एउटा कम्पनीलाई लाभ पु¥याउने नियतले करको दर हेरफेर गरी गोप्य सूचना चुहावट गरेको भनेर संसदभित्र उठेको विषय र सार्वजनिक सञ्चार माध्यममा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । करको दर हेरफेर गरी गोप्य सूचना चुहावट प्रकरणमा अर्थमन्त्री स्वर्णीम वाग्लेमाथि निष्पक्ष र तटस्थ छानवीन हुनुपर्दछ । त्यसका लागि न्यायिक वा संसदीय छानवीन विशेष समिति गठन गरिनुपर्ने मागलाई हाम्रो पार्टीले समर्थन गर्दछ । विगतमा घटेका यस प्रकारका प्रकरणमा सत्यतथ्य छानवीन समिति गठन भएका नजीरहरू पनि छन् । न्यायिक वा छानवीन गठनको आवश्यकतालाई अस्वीकार गर्ने अर्थमन्त्री र सरकारको जोडलाई सही मान्न सकिन्न । छानवीन समिति गठन सम्बन्धी सरकार र अर्थमन्त्रीको विरोधबाट करको दर हेरफेर सम्बन्धी गोप्य सूचना चुहावटमा अर्थमन्त्रीको भूमिका रहेकोमा शङ्कालाई बलियो बनाइरहेको छ । त्यो कार्यमा एक्लै अर्थमन्त्रीको मात्र सहभागिता नभएर स्वयं सरकार प्रमुखकै संलग्नतामा त भएको छैन ? भन्ने गम्भीर प्रश्नलाई उपेक्षा गर्न मिल्दैन ।
२०८३ असार ०४ गते ।
रामप्रकाश पुरी
प्रवक्ता