नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
रसुवा जिल्लामा आएको बाढीबाट ठुलो जनधनको क्षति भएको छ । उक्त बाढीबाट भएको धनजनको क्षतिका लागि हामीले गहिरो दुःख प्रकट गर्दछौँ र बाढीमा जीवन गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ । बाढीबाट धनजनको उद्दारका लागि सरकारले उच्च प्रकारको कदम उठाउनुपर्नेमा हामीले जोड दिन्छौँ ।
अहिले विश्वव्यापी रुपमा नै पर्यावरणमा ठुलो समस्या आइरहेको छ । पर्यावरणमा देखा परेको त्यस प्रकारको समस्याले मानवजाति मात्र होइन सम्पूर्ण प्राणी जगतलाई नै विनाश गर्ने जोखिमको सम्भावना बढ्दै गएको छ । पर्यावरणलाई विनाश गर्ने जुन क्रियाकलाप भइरहेका छन्, तिनीहरुमाथि कडा नियन्त्रण र निगरानी नहुनाले प्राकृतिक प्रकोपको जोखिम बढेर गएका छन् । अहिले नेपालमा तिब्बतबाट रसुवा हुँदै आएको बाढीले जुन क्षति पु¥यायो, त्यो पर्यावरणीय ध्वंसको परिणाम भएको स्पष्ट छ । हामीले सम्पूर्ण प्राणी जगतका साथसार्थ मानवजातिको रक्षाको लागि पर्यावरण संरक्षणमा सम्पूर्ण जनता र सरकारको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौँ ।
२०८३ भाद १० गते
मोहनविक्रम सिंह
(महामन्त्री)