नेपाल कम्युनिस्ट पार्टी (मसाल)
Nepal Communist Party (Mashal)
केन्द्रीय कार्यालय Central Office
Email – ncpmashal@gmail.com
प्रेस वक्तव्य
यही भाद्र १५ गते ने.क.पा. (मसाल)का पीवीएम, केन्द्रीय समिति सदस्यहरू तथा राष्ट्रिय जनमोर्चा र जनवर्गीय सङ्गठनहरूका केन्द्रीय नेताहरू समेतको संयुक्त बैठक बसेर भोटे कोसीमा आएको बाढी र १२ मई नाटकको प्रदर्शन समेतबारे विस्तृत छलफल गरी तल लेखिए अनुसारका निर्णयहरू गरिएका छन् ।
१. हाम्रो पार्टी, मोर्चा वा जनवर्गीय सङ्गठनहरूबाट भोटेकोसीको बाढीद्वारा पीडित जनताको सहयोगको लागि बढी भन्दा बढी रकम सङ्कलन गर्ने निर्णय गरिएको छ ।
२. बैठकमा सरकारद्वारा अहिलेसम्म राहत कोषमा जुन रकम जम्मा गरिएको छ, त्यो पीडित जनतासम्म सन्तोषजनक रूपले पुग्न नसकेको भन्ने जनताबाट आएको गुनासोप्रति पनि विचार गरियो र त्यसबारे गम्भीर रूपले ध्यान दिनका लागि सरकारको ध्यान आकर्षित गर्ने ठेगान गरियो ।
३. विद्युत निर्माणका लागि कार्यरत मजदुरहरू ठुलो सङ्ख्यामा सुरुङमा फसेको देखिन्छ । उनीहरूमध्ये केहीलाई त्यहा“बाट निकाल्ने काम गरिए पनि अहिलेसम्म ठुलो सङ्ख्यामा उनीहरूको उद्धार हुन नसकेकोमा बैठकले गम्भीर चिन्ता प्रकट ग¥यो र उनीहरूको उद्धारका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्ने निर्णय ग¥यो ।
४. अहिलेसम्म बाढीबाट मृत्यु भएका मानिसहरूका नदीले बगाएर ल्याएका शवहरू ठुलो सङ्ख्यामा ठाउ“ठाउ“मा प्राप्त भइरहेका छन् । तिनीहरूको व्यवस्थापनमा पनि गम्भीर समस्याहरू देखा परिरहेका छन् । त्यसकारण एकातिर ती शवहरूको व्यवस्थापनमा गम्भीर ध्यान दिन हामीले सरकारसित विशेष माग गर्दै ज्ञात भएका सबै शवहरू सम्बन्धित परिवारजनलाई दिनको लागि समुचित व्यवस्था गर्न पनि सरकारसित माग गर्दछौ“ ।
५. अहिलेसम्म सरकार, सुरक्षाकर्मी, सेना, प्रहरी, विभिन्न स्तरका प्रशासनिक इकाई वा जनसाधारणले समेत बाढीपीडितको उद्धार वा राहतको लागि जे जति प्रयास गरिरहेका छन ्त्यसका लागि हामीले धन्यवाद दि“दै त्यो कार्यलाई अरू व्यवस्थित र प्रभावशाली प्रकारले अगाडि बढाउन पनि विशेष जोड दिन्छौ“ ।
६. अहिले विभिन्न विदेशी राष्ट्र वा त्यहा“का विभिन्न संस्थाहरूले नेपालका बाढीपीडितको राहत र उद्धारका लागि जे जति सहयोग प्रदान गरेका छन् त्यसका लागि पनि हामीले धन्यवाद दि“दै त्यस प्रकारको सहयोगको क्रममा नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा आ“च पुग्ने प्रकारको कुनै काम नगरियोस् भन्नेतर्फ पनि विशेष सतर्क रहनुपर्ने आवश्यकतातिर हामीले जोड दिन्छौ“ ।
७. अहिले नेपालमा भएको बाढीको दुर्घटनाबारे चीनले समयमा जानकारी नदिएको भन्ने प्रचार पनि निकै भइरहेको छ । तर हालै चीनका तर्फबाट जारी गरिएको एउटा विज्ञप्तिमा त्यसबारे चीनले १० दिन पहिले नै जानकारी दिएको भन्ने कुरा पनि बताइएको छ । उक्त विषयमा चीनका तर्फबाट समयमा नै जानकारी दिइएको थिएन वा नेपाल सरकारले त्यसबारे आवश्यक सतर्कता अपनाउन ध्यान दिन सकेको थिएन, त्यसबारे स्पष्टिकरण दिनका लागि हामीले नेपाल सरकारसित माग गर्दछौ“ ।
८. अहिले तत्कालीन रूपमा बाढीपीडितको लागि राहत र उद्धारको समस्या अत्यन्त गम्भीर छ नै तर त्यो समस्याको दीर्घकालीन पक्ष त्यो भन्दा कैयौ“ गुना बढी महŒवपूर्ण हुन जान्छ । ठुलो सङ्ख्यामा विद्यार्थी वा बालबालिकाहरूको निधन भएको छ वा उनीहरू बाबु आमाहरूको मृत्यु भएर संरक्षकविहीन बनेका छन् । कैयौ“ महिला पतिहरूको मृत्यु भएर उनीहरू विधवा बन्न गएका छन् । कैयौ“ भौतिक संरचनाहरू नष्ट भएका छन् र तिनीहरूको पुनर्निर्माणको लागि खरबौ“ रुपैया“ र दशकौ“को लामो समय लाग्ने छ । त्यसकारण ती सबै समस्याहरूको समाधानका लागि चौतर्फी रूपमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
९. अहिले सरकारले बाढीपीडितहरूको राहत र उद्धार समेतको लागि एकद्वार प्रणालीको नीतिको घोषणा गरेको छ । गतकालमा यस प्रकारका विभिन्न प्राकृतिक प्रकोपको बेलामा हुने गरेको ठगी समेतमाथि नियन्त्रण गर्न आवश्यक ध्यान दिनुपर्ने आवश्यकता छ । तर त्यसका साथै गतकालमा सरकारी स्तरमा हुने गरेको राहत, उद्धार वा पुर्ननिर्माणको कार्यमा ठुलो पैमानामा आर्थिक अनियमितता वा भ्रष्टाचार हुने गरेको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्दछ र त्यस प्रकारको कार्यविधिलाई रोक्नको लागि पनि सरकार वा जनताको विशेष प्रयत्न हुनुपर्ने आवश्यकता छ । त्यसका साथै अहिले भएको प्राकृतिक प्रकोपका कारणले जुन राष्ट्रिय सङ्कटको स्थिति उत्पन्न भएको छ, त्यसको समाधानका लागि व्यापक रूपमा जनशक्तिको पनि परिचालनको आवश्यकता छ । राहत, उद्धार वा पुर्ननिर्माणको सन्दर्भमा सरकारी वा गैरसरकारी क्षेत्रमा हुने सबै प्रकारका ठगी, आर्थिक अनियमितता वा भ्रष्टाचारमा नियन्त्रणका लागि अधिकतम प्रयत्न गर्दै जनशक्तिको व्यापक रूपले परिचालन गर्नुपर्ने आवश्यकताप्रति पनि हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
१०. १२ मईको नाटकको प्रदर्शनको लागि कैयौ“ महिना पहिलेदेखि त्यसको रिहर्सल र तयारी हु“दै आएको थियो । त्यही बिचमा भोटेकोशीको विनासकारी घटना घटेको हुनाले त्यो नाटकको प्रदर्शनमा लागेको लगानी कटाई जुन रकम बचत हुन्छ त्यसको ५० प्रतिशत बाढीपीडितको राहतमा दिने निर्णय गरियो ।
११. १२ मई नाटकको प्रदर्शनको सन्दर्भमा कामरेड मोहनविक्रम सिंहको १२ मई नाटकको पुस्तक पनि प्रकाशित भएको छ । त्यो पुस्तकबाट लेखकलाई प्राप्त हुने रोयल्टी पनि पूरै नै भोटेकोसीको बाढी पीडित जनतालाई दिइने छ ।
१२. अहिले नेपालमा जुन गम्भीर प्रकारको बाढीको समस्या पैदा भयो त्यो एकातिर नेपाल र चीन समेतको जटिल प्रकारको भौगर्भिक संरचना र अर्कातिर विश्व स्तरमा खास गरेर विकसित देशहरूको उच्च औद्योगीकरणका कारणले गम्भीर बन्दै गइरहेको प्रदूषण, वातावरण र जलवायु परिवर्तन समेतको परिणाम हो ।त्यसकारण अहिले नेपालमा भइरहेको बाढीको समस्यालाई यी सबै प्रश्नहरू समेतसित जोडेर दीर्घकालीन प्रकारले विचार गर्नुपर्ने आवश्यकता छ । त्यसप्रति विशेष ध्यान दिन हामीले सम्पूर्ण सचेत नेपाली जनता, राजनीतिक पार्टीहरू र सरकार समेतको ध्यान आकर्षित गर्न चाहन्छौ“ ।
२०८३ भाद्र १६ गते ।
मोहनविक्रम सिंह
(महामन्त्री)